नियम ७१
म्याद तामेली सम्बन्धी थप व्यवस्था
देहायका ऐनसँग सम्बन्धित मुद्दाको समाह्वान, इतलायनामा, म्याद पुर्जी वा सूचना तामेल गर्ने सम्बन्धमा देहाय बमोजिम म्याद तामेल गर्न सकिनेछः-
(क) कम्पनी ऐन, २०६३ बमोजिम दर्ता भएका कम्पनी र त्यस्ता कम्पनीका सञ्चालक, पदाधिकारी र कर्मचारीका नाममा म्याद तामेल गर्दा सोही ऐनको दफा १५ मा भएको व्यवस्था बमोजिम,
(ख) कम्पनी ऐन, २०६३ को दफा १५७ बमोजिम विदेशी कम्पनीको नामको म्याद सूचना तामेल गर्दा त्यस्तो कम्पनीको नेपालमा रहेको शाखामा वा सम्पर्क कार्यालयको ठेगानामा वा कम्पनीबाट नियुक्त नेपालमा रहेका अख्तियार प्राप्त प्रतिनिधि व्यक्तिको नाम तथा ठेगानामा यस नियमावली बमोजिम,
(ग) नेपालमा दर्ता नभएको तथा कुनै प्रतिनिधि नतोकिएको वा सम्पर्क कार्यालय पनि नरहेको वा नखुलेको विदेशी कम्पनी वा व्यक्तिका नाममा म्याद सूचना तामेल गर्नु पर्दा नेपाल सरकारले बनाएको नियम वा सम्झौता बमोजिम,
तर यस खण्ड बमोजिम म्याद तामेल गर्नु पर्ने कम्पनि वा व्यक्तिको इमेल ठेगाना वा फ्याक्स नम्बर उल्लेख रहेछ भने सोही माध्यमबाट र त्यस्तो विद्युतीय ठेगाना उल्लेख नभएकोमा नेपालबाट प्रकाशित हुने अङ्ग्रेजी राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशित गरी म्याद तामेल गर्न बाधा पर्ने छैन।